जसपाको महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको मस्यौदा लेखन सुरु

360
0
Share:

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजअन्तर्गतको नीति तथा कार्यक्रमको मस्यौदा लेखन कार्य सुरु भएको छ । नीति तथा कार्यक्रम मस्यौदा समितिको संयोजक एवं पाटीका शीर्ष नेता राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले समाजवादको नेपाली बाटो : सङ्घीय समाजवादको आउटलाइन (रुपरेखा) तयार पारेको छ ।

साथै बैठकले नीति तथा कार्यक्रमको प्रारम्भिक मस्यौदा तयार गर्न संयोजक श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

जसपाको राष्ट्रिय महाधिवेशनमा नीति तथा कार्यक्रम र राजनीतिक प्रतिवेदन गरी दुईवटा प्रतिवेदन प्रस्तुत हुने छ ।

जसपाले राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार पार्टीले यही चैत्र १० गतेसम्म सङ्गठित पार्टी सदस्यता वितरण तथा नवीकरण गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: