विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार, जल यातायात सुरू गर्ने सरकारको घोषणा

162
0
Share:

 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गरिने बताएका छन्।

आज (मंगलवार) सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  उनले ५ वर्षभित्र सबै बालबालिकालाई शिक्षा पहुँचमा ल्याउने पनि बताए। उनले पोषिलो खाजाको व्यवस्थाका लागि दिवा खाजा परिवर्तन गरिने बताए।

उनले गणित, विज्ञानलगायत मुख्य विषयका शिक्षकहरूको व्यवस्था गरिने पनि बताए।

यस्तै, सरकारले जल यातायात सुरू गर्ने घोषणा गरिएको छ।सरकारले सुनकोशी तथा नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्। उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गरे।

कमेन्ट गर्नुहोस्
Share: