नेपाली कांग्रेसले गर्‍यो राष्ट्रियसभा बैठक अवरूद्ध

154
0
Share:

 

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। ४ बजे सुरू भएको उक्त बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो।

सहकारी प्रकरणलाई लिएर प्रतिनिधिसभा अवरुद्ध पार्दै आएको कांग्रेसले राष्ट्रियसभा पनि चल्न नदिएको हो। बिहीबारको अपरान्हको बैठकको सुरुमै कांग्रेस सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले महत्वपूर्ण विषयहरू छायामा परेको भन्दै बसेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए।

त्यसपछि अध्यक्ष दाहालले शुक्रबार दिउँसो १:१५ मा बस्नेगरी आजको बैठक स्थगित गरेक।

कमेन्ट गर्नुहोस्
Share: