
काठमाडौं : गृहमन्त्री रवि लामिछानेले आफूले संसद् भवनमा बोल्न पाउनुपर्ने माग राखेको बताएका छन्। सहकारी प्रकरणमा लामिछानेको संग्लनता रहेको भन्दै नेपाली कांग्रेसले निरन्तर संसद् अवरूद्ध गर्दै आएको छ।
संसदीय छानविन समिति बनाउनु पर्ने माग राख्दै कांग्रेसले संसद्को काम कारबाहि गर्न दिएको छैन। तर लामिछानेले एकपटक आफूले बोल्न पाउनुपर्ने माग राख्दै आएका छन्।
यसै सन्दर्भमा बिहिबार एक स्टाटस लेख्दै लामिछानेले भनेका छन्, ‘एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल?’
कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जनाएको छ।
कमेन्ट गर्नुहोस्
