
काठमाडौं : सभामुख देवराज घिमिरेले आर्थिक वर्ष ०८१/ ८२ को आर्थिक बजेटका लागि जेठ १५ गते सम्पूर्ण सभासदलाई प्रतिनिधि सभामा आउन आव्हान गरेका छन्।
नेपालको संविधानअनुसार हरेक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते हुने नियम छ।
त्यसैले उक्त बजेट दिउँसो १ बजे प्रस्तुत गरिने छ। घिमिरेले दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै उपस्थित हुन आव्हान गरेका हुन्।
कमेन्ट गर्नुहोस्
