नेपालको एकदिवसीय वरियता खस्कियो, भारत शीर्ष स्थानमा

Share:

काठमाडौँ। एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ। आइसिसी विश्वकप लिग-अन्तर्गत ओमान र क्यानडाविरूद्धको सिरिजमा जितबिहीन बनेको नेपाल एक स्थान तल झर्दै १७औं स्थानमा पुगेको हो।

नेपालभन्दा तल नामिबिया १८औं, ओमान १९औं र युएई २०औं स्थानमा छन्।

नेपालभन्दा माथि रहेका अमेरिका एक स्थान माथि उक्लिदै १६औं, क्यानडा तीन स्थान माथि उक्लदै १५औं स्थानमा पुगेका छन्।

वरीयतामा भारत शीर्ष स्थानमा छ। दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन्।

हेर्नुहोस्  वरीयता क्रम:

– भारत
– अष्ट्रेलिया
– दक्षिण अफ्रिका
– पाकिस्तान
– न्यूजिल्याण्ड
– श्रीलंका
– इङ्ग्ल्याण्ड
– बङ्गलादेश
– अफगानिस्तान
– वेस्ट इन्डिज
– स्कटल्याण्ड
– आयरल्यान्ड
– जिम्बाब्वे
-नेदरल्याण्ड्स
-क्यानडा
– संयुक्त राज्य अमेरिका
– नेपाल
– नामिबिया
– ओमान
-संयुक्त अरब इमिरेट्स (युएई)

कमेन्ट गर्नुहोस्
Share: