
काठमाडौँ। काठमाडौँको लैनचौरमा दुई वटा स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ। बुधबार राति काठमाडौँ महानगरपालिका(२ लैनचौरस्थित सडकमा दुई वटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
बा.७९ प ५४७८ नम्बरको स्कुटर र बा. प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर ठोकिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता तथा एसपी नवराज अधिकारीका अनुसार दुर्घटना हुँदा बा. प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका-५ का २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बा.७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
