छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

190
0
Share:

काठमाडौं : काठमाडौं महानगरपालिका–१६ बालाजु बाईसधारा गेट नजिक सडकमा बाग्मती प्रदेश ०२–०५१ प ५५१६ नम्बरको मोटरसाइकल र बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–३ तिनपिप्ले आठमाईल बस्ने ४४ वर्षीय केदार ढकालको मृत्यु भएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बालाजुस्थित सिल्भर लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका

बा.५४ प ५३८७ नम्बरको मोटरसाइकलमा सवार १ जना तथा प्रदेश ०२–०५१ प ५५१६ नम्बरको मोटरसाइकलका चालक र सोही मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

 

त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोकस्थित सडकमा म.प्र.०३–००२ ख ०८३१ नम्बरको ट्रकले लु.८४ प ३३४५ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार पाल्पा तिनाउ गाउँपालिका–२ दोभान बस्ने ६५ वर्षीय हरी प्रसाद पाण्डेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

बाँके, राप्तिसोनारी गाउँपालिका–४ धामपुर बर्का टोलमा भे.७ प ४३४० नम्बरको मोटरसाइकल र भे.१२ प ८४२० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा भे.७ प ४३४० नम्बरको मोटरसाइकल चालक नेपालगंज उपमहानगरपालिका–२० राँझा बस्ने ४७ वर्षीय लोक बहादुर बङसीको मृत्यु भएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका भे.१२ प ८४२० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: