दाङमा २२ वर्षीया महिला बलात्कृत, एकजना पक्राउ

157
0
Share:

दाङ : २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

यादवले ती महिलालाई लमही नगरपालिका-७ बन्गैस्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका बारेमा  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: