अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

Share:

काठमाडौँ। वर्षाले पहिरो जाँदा गएरातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी खुलेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले शुक्रबार बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो।

अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ।

लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: