
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वापले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाएको हो।
यस्तै बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
