देशभर भारी बर्षा, भोलि बेलुकीसम्म जारी रहने

Share:

काठमाडौँ। उपत्यका लगायत देशभर भारी वर्षा भैइरहेको छ। पश्चिमी वायुको प्रभावका कारण गएरातीदेखि वर्षा भैइरहेको हो। देशभरका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन जल तथा बिज्ञान मौसम विभागले आग्रह गरेको छ।

विभागका अनुसार अहिले सबैभन्दा बढी वर्षा कोशी प्रदेशको झापा र इलाममा भैइरहेको छ। वर्षा भोलि शनिबार बेलुकासम्म नै निरन्तर जारी रहनेछ। देशका विभिन्न प्रदेशका धेरै स्थानमा भारी देखि अति भारी वर्षा भैइरहेको जनाइएको छ।

गए रातिदेखिको बर्षाका कारण देशभरको जनजीवन पनि प्रभावित भएको छ। बिहानैदेखि मानिसहरूलाई घरबाट बाहिर निस्किन कठिन भएको छ।

कमेन्ट गर्नुहोस्
Share: