सुनको मूल्य उच्च बिन्दुमा, तोलाको १ लाख ६१ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ। आज सुनले फेरी नयाँ रेकर्ड कायम गरेको बताइएको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो।

यो सँगै विगत ६ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ कायम राखेको छ। गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ। यसअघि असोज १० गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: