पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते

Share:

काठमाडौँ। काठमाडौँमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नागार्जुन नगरपालिका-३ इचंगुनारायण मन्दिर नजिकै घर भत्किँदा ५५ वर्षीय एक पुरुषको मृत्यु भएको र अन्य दुई जना घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घर भत्किँदाभित्र रहेका ८ मध्ये ७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ५ जना सकुशल छन्। भने दुई जनालाई उपचारका लागि मनमोहन अस्पताल पुर्‍याइएको छ।

नगरपालिकाका वडा नं ३, ६, ७ र १० मा निरन्तरको वर्षापछिको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: