
काठमाडौँ। अविरल वर्षाका कारण भक्तपुर डुबानमा परेको छ। पहिरो र बाढीमा परी करिब ५ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ठिमीमा पहिरोले ४ जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन्।
उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको छ। मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ।
भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन्।
नेपाली सेना, प्रहरी, भक्तपुर नगरपालिकाको जनप्रतिनिधि लगायतको टोली टोली डुबान प्रभावित क्षेत्रमा पुगेर उद्धारको काम गरिरहेको छ।
कमेन्ट गर्नुहोस्
