बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार

129
0
Share:

काठमाडौँ। बिहीबारदेखि सुरु भएको अविरल बर्षाका कारण नेपालका विभिन्न जिल्लामा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जनशक्ति परिचालन भएका छन्।

बर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार हालसम्म ११ जना मृत्यु भएको छ भने १० जना बेपत्ता र ७६४ जनाको उद्धार गरिएको छ।

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। क्षतिको पूरा विवरण आउन बाँकी छ।

बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ। पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ।

उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ। प्रहरीका अनुसार १ सय ५० भन्दा बढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन्।

देशभरिका सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन्। अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको नेपाल प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: