शनिबार बेलुकादेखि वर्षा कम हुँदै जाने अनुमान

Share:

काठमाडौँ। बिहीबारदेखि निरन्तर परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि कम हुँदै जाने बाढी पूर्वानुमान शाखाले जनाएको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार पछिल्ला तीन दिनदेखि भइरहेको वर्षा आज बेलुकादेखि नै विस्तारै कम हुँदै जानेछ। तर ठ्याक्कै रोकिने होइन छैन्। यो भोलिसम्मै रहन सक्ने उनको भनाई छ।

आकाश खुल्न चाहिँ केही दिन लाग्ने उनले बताए। नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ। अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिने उनले जानकारी दिए।

यस्तै बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: