अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय

Share:

काठमाडौँ। अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत/जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय भएको छ।

प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिए। हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको गुरुङले बताए।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो।

कमेन्ट गर्नुहोस्
Share: