गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

Share:

काठमाडौँ। बिहीबारदेखिको निरन्तरको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिका साथै खोज तथा उद्धार र राहत लगायतका विषयमा जानकारी दिन गृह मन्त्रालयले साँझ पत्रकार सम्मेलन गर्ने भएको छ।

साँझ ६ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको मन्त्रालयको सचिवालयले जनाएको छ।

बिहीबारदेखिको अविरल वर्षापछिको बाढी र पहिरोका कारण धेरै जनधनको क्षति भएको छ भने प्रमुख राजमार्गका सडकहरु प्रभावित बनेका छन्।

कमेन्ट गर्नुहोस्
Share: