देशभरका विद्यालय तीन दिन बन्द रहने

Share:

काठमाडौँ। विगत तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण सरकारले देशभरका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने सरकारले निर्णय गरेको छ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन दिनका लागि देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन्।

विपद् प्रभावित क्षेत्रबाट हिड्नु पर्ने देशभरका विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी सबै निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक शैक्षिक संस्था तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको मन्त्री भट्टराईले बताइन्।

उनले आ–आफ्नो क्षेत्रको जोखिमको स्तरअनुसार विद्यालय खोल्ने कार्यतालिका तय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको पनि जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्
Share: