उपत्यकाका बाढी पीडितलाई मारवाडी सेवा समितिद्वारा खाना वितरण

248
0
Share:

काठमाडौं : मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, श्री पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको छ।

राहत स्वरूप पहिलो चरणमा गौशाला धर्मशालामा खाना बनाएर प्रभावित क्षेत्रमा वितरण गरिएको मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए। उनका अनुसार कालीमाटी, बल्खु, कोटेश्वर, थापाथली, पशुपति लगायत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खाना खुवाइएको हो । आवश्यकता अनुसार यो क्रम केही दिन जारी रहने मञ्चले जनाएको छ।

गत शुक्रवारदेखिको अविरल वर्षाका कारण उपत्यका लगायत देशभरका विभिन्न खोला नदी किनारका बस्तीहरूमा बाढी पसेको छ भने पहिरोले क्षति गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: