
काठमाडौँ। बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन्।
बराहक्षेत्र-६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बाढीका कारण बराहक्षेत्र-६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन्।
आज बिहानैदेखि उनीहरुको उद्धारका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
