नेपाल क्यानडासँग १४ रनले पराजित

Share:

काठमाडौँ। टी-२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल क्यानडासँग पराजित भएको छ। क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो।

क्यानडाले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको थियो।

जवाफमा नेपालले १९ ओभरमा १०९ रन बनाउँदा सबै विकेट गुमाएर खेल १४ रनले हार्न पुग्यो।

नेपालका लागि सबै भन्दा बढी कप्तान रोहित पौडेलले ३९ बलमा २ छक्का र २ चौक्का सहित ३७ रन बनाए। कुशल मल्ल १२ , देव खनाल ११ र सन्दीप लामिछाने १० रन बनाएर आउट भए।

त्यसैगरी अनिल शाहले ९ रन आसिफ शेख ८ ,कुशल भुर्तेलले ७ दिपेन्द्र सिंह ऐरी ६ सोमपाल कामी १ तथा करण के।सी ५ रन बनाएर रन आउट भए।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन विकेट लिए। त्यसैगरी दिपेन्द्रसिंह ऐरी र पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले समान एक विकेट लिए।

आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग पहिलो खेलमा १०३ रन र दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: