वर्षाका कारण देशभरको विद्युत उत्पादन ठप्प

Share:

काठमाडौँ। अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका विभिन्न जलविद्युत आयोजना प्रभावित बनेका छन्।

बाढी पहिरोका कारण लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ।

यसका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १३ सय मेगावाट बिजुली उत्पादन बन्द भएको विद्युत प्राधिकरणले जनाएको छ। ४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना शुक्रबार साँझ ७ बजेदेखि बन्द छ।

कम्पनीका अनुसार यो आयोजनामा कार्यरत ५ जनाको अवस्था अज्ञात रहेको छ।

यस्तै लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती, माथिल्लो खिम्ती जलविद्युत् आयोजना, तामाकोशी र मान्डु, हेवाखोला र तल्लो हेवा खोलामा क्षति पुगेको छ।

यस्तै झापाको दमक र इलामस्थित गोदकको बीचमा रहेको काबेली करिडोरको टावर नम्बर ५१ ढल्दा इलाम, पाँचथर र ताप्लेजुङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ठप्प भएको छ।

कमेन्ट गर्नुहोस्
Share: