
काठमाडौँ। धादिङको धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका बसबाट थप ३ जनाको शव निकालिएको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार काठमाडौँतर्फ आउँदै गरेको बसबाट थप ३ जनाको शव निकालिएको हो। नम्बर नखुलेको उक्त बस गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको आशङ्का गरिएको छ।
यसअघि, शनिबार पहिरोमा पुरिएको बस र माइक्रोबाट गरी १४ जनाको शव निकालिएको थियो।
अहिले पनि सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा उद्धार कार्य जारी छ। बस र माइक्रोमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन। गोरखाबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार रातिदेखि एक्कासी सम्पर्कविहीन भएको थियो।
कमेन्ट गर्नुहोस्
