बाढीका कारण सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

Share:

काठमाडौँ। बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन्। कोशी गाउँपालिका-४ मा ४० भन्दा बाढी घरमा पानी पसेको हो।

इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्।

जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: