कार्यक्रम सकेर छिट्टै स्वदेश फर्किने तयारीमा छु- प्रधानमन्त्री ओली

Share:

काठमाडौँ। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले आफू छिट्टै नेपाल फर्किने तयारीमा रहेको समेत बताएका छन्।

असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो।

बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु।’ उनले विपदको बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न पनि अपिल गरेका छन्।

उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई उद्धारमा खटिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याललगायतलाई समन्वय गर्न निर्देशन दिएका थिए।

राष्ट्रसंघको महासभालाई ओलीले असोज १० गते सम्बोधन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: