झ्याप्लेखोलामा पुरिएको बस डोजरले निकालिँदै, गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको बस हुन सक्ने आशङ्का

Share:

काठमाडौँ। नौबिसे-नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटिएको बस निकाल्ने काम भइरहेको छ।

बसको केही भाग मात्र देखिन्छ, भने त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार काठमाडौँतर्फ आउँदै गरेको बसबाट थप ३ जनाको शव निकालिएको छ। नम्बर नखुलेको उक्त बस गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको हुन सक्ने आशङ्का गरिएको छ।

यसअघि, शनिबार पहिरोमा पुरिएको बस र माइक्रोबाट गरी १४ जनाको शव निकालिएको थियो।

अहिले पनि सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा उद्धार कार्य जारी छ। बस र माइक्रोमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन।

गोरखाबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार रातिदेखि एक्कासी सम्पर्कविहीन भएको थियो।

 

 

कमेन्ट गर्नुहोस्
Share: