बाढीपहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय, उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन

Share:

काठमाडौँ। नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनकाअनुसार कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढीपहिरोमा परेकाहरूको उद्धार तथा राहतमा जुट्न पनि निर्देशन दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: