पानीको बहाव घट्न थाल्यो सप्तकोशीमा

138
0
Share:

काठमाडौँ। ५६ वर्षपछि सप्तकोशी नदीमा उच्च तहमा पुगेको पानीको बहाव विस्तारै घट्न थालेको छ। शनिवार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव आज बिहान ६ लाख ६१ हजार पाँच क्यूसेक पुगेकोमा विस्तारै घट्न थालेको हो।

केही बेर अघिको मापन अनुसार सप्तकोशीको पानीको बहाव घटेर ५ लाख ८२ हजार क्यूसेकमा झरेको छ।

कोशी व्यारेजको ९ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। कोशी ब्यारेजमा ५६ वटै ढोका खुल्ला गरिएको छ। उच्च खतराको संकेत रातो झण्डा फहराउने काम जारी छ।

 

कमेन्ट गर्नुहोस्
Share: