एयरलाइन्सको मनपरी, काठमाडौँबाट धनगढीको भाडा १७ हजार

188
0
Share:

काठमाडौँ। बाढीपहिरोका कारण स्थलमार्गबाट देशका अन्य क्षेत्रलाई काठमाडौँसँग जोड्ने सञ्जाल अवरुद्ध भएपछि विभिन्न गन्तव्यमा पुग्न एयरलाइन्सको टिकटमा चाप बढ्ने देखेर एयरलाइन्स कम्पनीहरुले विपतकै बेला लूटधन्दा मच्चाएका छन्।

नेपालमा एयरलाइन्स कम्पनीहरुले नागरिक संकटमा परेको बेला सहयोग गर्नुको साटो विभिन्न आन्तरिक गन्तव्यका हवाई भाडा अचाक्ली बढाएर लूटधन्दा सञ्चालन गरेका हुन्। अक्टोबर २ का दिन काठमाडौँबाट बुद्ध एयर, श्री एयर लगायतले धनगढीको अधिकतम भाडादर प्रतिव्यक्ति १७ हजार पुर्‍याएका छन्।

५० मिनेटमा काठमाडौँबाट धनगढी पुग्न सकिने भए पनि अरु बेला अधिकतम ११ हजार सम्म पाइने टिकटलाई एयरलाइन्सहरुले बढाएर अहिले १७ हजार रुपैयाँ पुर्‍याएका
हुन्। काठमाडौँबाट अन्य आन्तरिक गन्तव्यको भाडादर पनि सामान्य अवस्थाको तुलनामा दोब्बरले बढाइएको पाइएको छ ।

यस्तै उता काठमामाडौँबाट उडेको एक घण्टा ४५ मिनेटमा पुग्न सकिने दिल्लीसम्मको भारतीय एयरलाइन्स कम्पनीहरुले भने एकतर्फी प्रतिव्यक्ति ११ हजार रुपैयाँसम्ममै बिक्री गरिरहेका छन्। एयर इण्डियाको आधिकारिक वेबसाइटमा अहिले पनि काठमाडौँबाट दिल्लीको एकतर्फी भाडा १६ हजार रुपैयाँमा सहजै उपलब्ध भइरहेको देखिएको छ।

श्री एयरलाइन्सले चार र बुद्ध एयरलाइन्सले धनगढीका लागि उडान भर्दै आएका छन्। एक घण्टा ४५ मिनेट लामो बाटोका लागि यात्रुले १६ हजार रुपैयाँ भाडा तिर्दा हुने भए पनि नेपालमा भने काठमाडौँबाट ५० मिनेटमा पुगिने धनगढीका लागि १७ हजार तिर्नुपर्ने बाध्यता आइलाग्दा समेत कोही नबोलेको भन्दै सामाजिक सञ्जालमा यतिबेला विरोध सुरु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: