नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Share:

काठमाडौँ। साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक २२.३६ अंक घटेर २४६४.४० विन्दुमा पुगेको छ। आइतबार नेप्सेसंगै कारोबार रकम पनि घटेको छ।

गएको साता बिहीबार ४ अर्ब ८४ करोडको शेयर कारोबार भएको बजारमा यस साता आइतबार ३२७ स्टकको ५८ हजार ४०१ पटकको कारोबारमा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, साताको पहिलो कारोबार दिन आइतबार सेन्सेटिभ इण्डेक्स २.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ। १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

कमेन्ट गर्नुहोस्
Share: