
काठमाडौं : बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या एक सय ४८ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार हालसम्म १०१ जना घाइते भएका छन् भने ५५ जना बेपत्ता छन्।
३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको एक सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ।
विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारका लागि अस्पताल पुर्याउनेलगायत कार्यमा सुरक्षाकर्मी सक्रिय भएर लागिपरेका छन्।
