बाढीपहिरो अपडेट: देशभर मृत्यु हुनेको सङ्ख्या १ सय ९२ पुग्यो, ३० जना बेपत्ता, एक सय ९४ घाइते

113
0
Share:

काठमाडौँ। अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्।

प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको बताइएको छ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: