
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ६ सय रुपैयाँ कायम थियो।
यस्तै आज चाँदीको मूल्य पनि घटेको। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कमेन्ट गर्नुहोस्
