खानीखोलाको विद्युत उत्पादन अवरुद्ध

119
0
Share:

काठमाडौँ। खानीखोला हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन अवरुद्ध भएको छ।

गत असोज ११ गतेदेखि देश भर परेको अविरल वर्षाको कारणले आएको भिषण बाढीको कारण यस कम्पनीबाट सञ्चालन भैरहेका विद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको हो।

कम्पनीबाट सञ्चालित टुंगुन ठास्ने (४.३६ मेवा) तथा खानी खोला (२ मेवा) आयोजनाहरुको पावर हाउसहरु तथा हेड वर्क्समा क्षति पुग्न गई भौतिक संरचना तथा उपकरण्हरुमा क्षति पुगि दुवै आयोजनहरु बन्द भई विद्युत उत्पादन रोकिएको कम्पनीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: