
काठमाडौँ। मेटाका सीईओ मार्क जुकरबगको सम्पत्ति २ सय अर्ब डलर नाघेको छ। ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गको सम्पत्ति २०१ अर्ब डलर पुगेको हो।
यससँगै उनी विश्वको धनाढ्यको सूचीमा चौथो स्थानमा रहेका छन्। यो वर्ष मात्रै जुकरबर्गको सम्पत्ति ७३.४ अर्ब डलरले बढेको छ।
हाल विश्वमा २ सय अर्ब भन्दा बढी सम्पत्ति भएका मस्कसहित ४ जना छन्। टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति २७२ अर्ब डलर रहेको छ।
यस्तै अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति २११ अर्ब डलर र रसेल आर्नल्टको सम्पत्ति २०७ अर्ब डलर रहेको छ।
सामाजिक सञ्जाल फेसबुकका परिकल्पनाकार हुन्। फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै गइरहेको छ।
कमेन्ट गर्नुहोस्
