नुवाकोटमा हायस दुर्घटना, १२ जना घाइते

Share:

काठमाडौँ। नुवाकोटको बोहरेखोलामा माइक्रोबस दुर्घटनामा परेको छ।

काठमाडौँबाट खोटाङ जादै गरेको ग १ ख ४५३५ नम्बरको हायस सोमवार दिउँसो नुवाकोट शिवपुरी ८ बोहरेखोलामा दुर्घटनामा परेका हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार माइक्रोमा सवार १२ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

हायसमा १८ जना सवार रहेको र अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: