दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन, बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’

177
0
Share:

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ गते आइतबार पक्राउ गरेको थियो।

जिल्ला अदालत काठमाडौँले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो।

त्यसपछि अनुसन्धान नसकिएको भन्दै उनीमाथि थप पाँच दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ।

प्रसाईको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा पेसी परेको छ।

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो। यससँगै मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको छ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।

उनीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौला (ज्वाला)ले उजुरी दर्ता गराएकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: