बाढीपहिरोबाट पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति

140
0
Share:

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताएका छन्।

अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलीयतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको बताए।

क्षतिग्रस्त सडकहरुको मर्मत गरी यातायात सूचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको भन्दै उनले चाडवाडअघि नै अवरुद्ध सबै सडक सञ्जाल सूचारु भइसक्ने जानकारी बताए।

चाडवाडमा हवाई भाडा निकै महङ्गो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको मन्त्री दाहालको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: