दाउन्नेमा डाइभर्सन बनाइँदै, एकतर्फी सडक खुलाउने तयारी

Share:

पोखरा। पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको स्थानमा गए रातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएको छ।

बर्दघाट नगरपालिका-४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। जसका कारण पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो।

सोमबार राति ११ बजेदेखि डाइभर्सन निर्माणको काम सुरु भएको र आज दिउँसोसम्ममा एकतर्फी भए पनि यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

अलपत्र परेका सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ।

सडक खुलाउनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख र सडक विभागको टोली नै खटिएको छ।

कमेन्ट गर्नुहोस्
Share: