नागढुंगा–झ्याप्ले सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक

137
0
Share:

काठमाडौँ। काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका-९ स्थित झ्याप्लेखोला सड्क खण्डमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

अहिले सो सड्क खण्डमा एकतर्फी मात्रै सवारी चलिरहेका छन्।

मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बाटोमा भएको पहिरो पन्छाउन लागिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: