दुई दिनको अविरल बर्षाले बीपी राजमार्ग क्षतविक्षत

Share:

काठमाडौँ। बिस बर्ष लगाएर बनाएको बीपी राजमार्ग दुई दिनको बर्षाले तहसनहस भएको छ। शुक्रबार र शनिबार परेको अविरल बर्षाले बनेपा सिन्धुली बर्दिबास राजमार्ग ठाँउठाँउमा भत्किएर यातायात अवरुद्ध भएको छ।

जापान सरकारको करिब २६ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको बीपी राजमार्ग बाढी र पहिरोले भत्काएपछि शुक्रबार देखि पुर्ण रुपमा यातायात बन्द भएको छ।

सिन्धुलीदेखि नेपाथोक सम्म एकतर्फी सुचारु भएपनि नेपालथोकदेखि धुलिखेलसम्म पुर्ण रुपमा राजमार्ग अवरुद्ध भएपछि यातायात अवरुद्ध भएको हो। चार खण्डमा विभाजित गरि बनाइएको राजमार्गमा बाढी र पहिरोका कारण तेस्रो र चौथो खण्डमा बढी क्षति पुगेको छ।

राजमार्गको पहिलो खण्ड महोत्तरीको बर्दिबास–सिन्धुलीमाढी दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट तेस्रो खण्ड खुर्कोट–नेपालथोक र नेपालथोक-धुलिखेल चौथोखण्ड गरि निर्माण भएको राजमार्गको तस्रो खण्ड अन्र्तगत सुनकोसीको कानढुङग्री भन्ने स्थानमा र नेपालथोकमा रोशी र कोसी नदीले कटान गरि विपी राजमार्ग पुर्ण रुपमा क्षति भएको छ भने अन्य विभिन्न स्थानमा राजमार्ग चिरा परेर जोखिम भएको छ।

चाडपर्व नजिकिदै गर्दा राजमार्ग भत्किएर सवारी आवातजावतमा समस्या भएपछि यात्रु तथा व्यवसायिहरु चिन्तित भएका छन्। जापानी कम्पनी हाज्मा-आन्दो जेभीले सन् १९९६ मा निर्माण सुरु गरि २०१५ मार्चमा सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

२०७२ सालमा तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले एक कार्यक्रमकाबिच उद्घाटन गरेको बीपी राजमार्गमा २०७२ सालको भुकम्पभन्दा बढी क्षति अहिलेको बाढी पहिरोले गरेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: