
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको बताएका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बाढीले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता रहेको बताए।
उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको दाबी गरे।
उनले भने,’अघि चित्रबहादुर केसीले बाहिर नख्खु खोलाको बारेमा सोध्नु भएको थियो, त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगेर रेस्क्यु गर्ने प्रयत्न गरेको हो। हेलिकप्टरबाट पनि उद्धार गर्ने कोसिस गरेको हो । सरकार त्यहाँ नपुगेको भन्ने हाेईन। म अहिले पनि सबै प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्कमा छु।’
