दुईतर्फी खुल्यो झ्याप्ले खोला सडक

Share:

काठमाडौँ। पहिरोले अवरुद्ध झ्याप्ले खोला सडक दुईतर्फी सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेको छ।

पहिरो पन्छाएर झ्याप्ले खोलामा दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ। झ्याप्ले खोलाको पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चान सुरु गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।

झ्याप्ले खोलादेखि नागढुंगासम्म बिहान ११ बजेदेखि १ बजेसम्म मोटरसाइकल समेत चलाउन रोक लगाएर पहिरो पन्छाइएको थियो।

झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन्।

उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: