
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ। आज नेप्से परिसूचक ४.५७ प्रतिशत अर्थात ११४.७० अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.३१ प्रतिशतले बढेर ४७०.८१ विन्दुमा पुगेको छ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ। विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए।
मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ।
कमेन्ट गर्नुहोस्
