दुवै मुद्दामा ५०-५० हजार धरौटीमा रिहा भए दुर्गा प्रसाईं

Share:

काठमाडौँ। मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन्।

काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन्।

मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०-५० हजार धरौटी माग गरेका थिए।

प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो।

युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ।

अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: