अवैध सुनसहित एक जना पक्राउ

Share:

काठमाडौँ। हेटौंडाबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन्। ४९०.८८ ग्राम सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मंगलबार सुनसहित भारत विहार राज्य फुलवरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सर्राफलाई चेकजाँच गर्दा उनले खुट्टाको पैतलामा कालो टेपले बेरी ल्याएको अवस्थामा सुन बरामद भएको थियो।

बिल बिजक नभएको बिस्कुटको आकारको टुक्रा ४ थान, सानो टुक्रा १ थान, सिक्री १ थान सुन फेला परेको प्रहरीको भनाई छ।

उक्त सुनको बजार भाउ ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको र उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: