
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सेयर बजारमाथि उठ्ने आशा गरेको बताएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढीपहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा सेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,’ उनले भने।
यस्तै प्रधानमन्त्रीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोपप्रति विश्वास नरहेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
