दसैँको मुखमै विपत्ति, अग्रिम टिकट बुकिङ बन्द, मौसममा सुधार आउन केही दिन लाग्ने

202
0
Share:

काठमाडौँ। नेपालीहरुको महान पर्व बडादसैँको मुखैमा आएको विपत्तिका कारण आम सर्वसाधारणहरुलाई पिडा बोध गराएको छ। एक ठाउँबाट अर्को स्थानसम्म जान निकै सकस भएको छ। ठाउँ ठाउँमा बाटोघाटो अवरुद्ध भएको छ।

सडक सञ्जालमा समेत कतिबेला पहिरो खस्ने हो पत्तो छैन्। मौसम पूर्वानुमान महाशाखाले पुनः बुधबार र बिहीबार भारी वर्षा हुने बताइसकेको छ। मनसुन भने अझै दुई दिन सक्रिय हुने मौसमविद् बताएको छ।

यो अवस्थामा यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ। बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको महासंघले जनाएको छ।

सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको बताइएको छ। यता, संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन्। आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: